गुणस्तरीय बीउ बिजनको प्रयोगले मात्र पनि बाली उत्पादकत्वमा १५-२५ प्रतिशतले बृद्धि हुने तथ्य विभिन्न अध्ययन अनुसन्धानबाट पुष्टी भइसकेको छ।तसर्थ गुणस्तरिय बीउको उपलब्धता र प्रयोगलाई बढाउनु पर्ने आजको आवश्यक्ता हो ।बीउको गुणस्तर नियन्त्रण गर्ने उद्देश्यका साथ आ.व.20४9/50 देखि यो प्रयोगशाला सुनसरी जिल्ला स्थित झुम्कामा रही पूर्वान्चल क्षेत्रका जिल्लाहरुमा सेवा प्रवाह गर्दै आईरहेको थियो।तत्कालिन क्षेत्रिय बीउ विजन प्रयोगशालाले सम्पादन गर्दै आएको कार्य हाल राज्यको पुनर्सँरचना पश्चात यस प्रयोगशालाले सम्पादन गर्ने गरी यस बीउ विजन प्रयोगशालाको पुनर्स्थापना आ. व. ०७५/०७६ मा भएको हो। प्रदेश नम्वर 1 अन्तर्गतको १४ वटै जिल्ला यस प्रादेशिक प्रयेगशालाको कार्यक्षेत्र रहेका छन ।आफ्नो कार्यक्षेत्र भित्र मुख्य गरी बीउ बालीको निरिक्षण, बीउ परीक्षण तथा प्रमाणिकरण गर्ने कार्य रहेको छ भने बीउ बिजनको गुणस्तर नियमनका लागी विभिन्न प्रयोगशाला बाट प्राप्त हुने रेफ्री तथा क्रसचेक नमुना परिक्षण, बीउ बजार अनुगमन नीरीक्षण तथा नमुना संकलन, परिक्षण र गुणस्तरीय बीउ बिजन उत्पादन, प्रशोधन, भण्डारण सम्वन्धि कृषक तथा व्यवसायीहरुलाई बिभिन्न कार्यक्रमहरुको माध्यमबाट तालीम तथा बीउ बिजन प्रविधि प्रसार सँग सम्वन्धी अन्य कार्यक्रमहरु आवधिक रुपमा निरन्तर गर्दै आएको छ।यस प्रयोगशालाले गुणस्तरिय बीउ बिजन उत्पादन,तथा गुण नियन्त्रण सम्बन्धि कार्य लगायत प्रदेश सरकारको निति निर्देशन र दिईएको जिम्मेवारी बमोजिम आवश्यक सेवा प्रवाह गर्दै आईरहेको छ।